हेटौंडाको पाथिभरा मन्दिरमा श्रीमद् भागवत् देवी पुराण जारी

तु खबर संवाददाता
२०८० कार्तिक ३,शुक्रबार १३:३३
फोटो : विनोद कुमार कौण्डिन्य

मकवानपुर । पाथिभरा मन्दिर हेटौंडामा नवरात्र विशेष पुजापाठ तथा श्रीमद् भागवत् देवी पुराण जारी छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित रहेको उक्त मन्दिरमा गत असोज २८ गते अर्थात घटस्थापनाको दिन जमरा राखेर पुराण सुरु गरिएको मन्दिर संरक्षण समितीका अध्यक्ष केशवप्रसाद देवकोटाले जानकारी दिए ।

पुराण नवरात्र दशमी अर्थात टिकाको दिन टिका लगायर समापन गरिने उनले बताए ।

उनका अनुसार, पुराणमा हेटौंडा तथा आसपासका जिल्लाहरुबाट दर्शन गर्न आउने दर्शनार्थीहरुको घुइँचो लागेको छ ।

फुलपाती अष्ठमी र नवमीमा विशेष पुजापाठसहितका विभिन्न झाकीहरु प्रस्तुत हुने समितिका अध्यक्ष देवकोटाले बताए ।