कारको ठक्करबाट एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८० कार्तिक ३, शुक्रबार १२:४२

दाङ । दाङको देउखुरीमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका ५ लठ्ठहवाका अन्दाजी ३० वर्षीय शन्तराम चौधरी रहेको प्रहरीले जनाएको छ ।

बिहीबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुबाङ सडकखण्डको राप्ती गाउँपालिका ५ लठ्ठहवा सिंगेखोला पुल नजिकै बा ९ च ७१९८ नम्बरको स्कारपियोले रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चौधरी गम्भीर घाइते भएका थिए ।

घाइते उनको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले ठक्कर दिने स्कारपियो र चालक दुवैलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।