सातामा २९ अंकले बढ्यो नेप्से

तु खबर संवाददाता
२०८० कार्तिक ३,शुक्रबार १४:५४
file-photo

काठमाडौं । यो साता सेयर बजारका लागि केही उत्साहजनक नै रहेको छ । सातामा २९.२४ अंकले बढ्दै नेप्से सूचक १९ सय ३.१९ अंकमा उक्लिएको हो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन असोज २५ गते २०.१६ अंकले घट्दै नेप्से सूचक १८ सय ७४.६० अंकमा अडिएको थियो ।

साताको पहिलो कारोबार दिन आइतबार नै २३.१६ अंकले घटेको नेप्से सूचक अन्तिम कारोबार दिन कात्तिक २ गते बिहीबार ४.०५ अंकले घट्यो । तर, अन्य चार दिन भने राम्रो कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता २९ अंकले बढेको बजारमा जम्मा ३ अर्ब ८५ करोड ७१ लाख १२ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।