कांग्रेसको चियापानमा सहभागी हुन प्रचण्ड, ओली र नेपाल सानेपामा
काठमाडौं । नेपाली कांग्रेसले शनिबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
कांग्रेसले विजया दशमी, शुभ दिपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय सानेपामा भएको हो ।
उक्त शुभकामना तथा चियापान कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल सानेपामा पुगेका छन् ।
उनीहरुसँगै माओवादी, एमाले र एकीकृत समाजवादी पार्टीका अन्य नेताहरु पनि सानेपा पुगेका छन् ।
उनीहरुलाई कांग्रेस सभापति एवमु पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका काँग्रेसका वरिष्ठ नेताहरुले स्वागत गरेका छन् ।
