आज खण्डग्रास चन्द्रग्रहण लाग्ने
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमाका दिन अर्थात शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।
आज राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरु हुने र राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिका अनुसार, ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन ।
ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । यो चन्द्रग्रहण विसं २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ ।
