जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

तु खबर संवाददाता
२०८० कार्तिक ११, शनिबार १५:४४

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ ।

बैठक यही कात्तिक १३ गते सोमबार दिनको २ः३० बजे बस्ने गरी आह्वान गरिएको हो ।

सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, बैठक पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने भएको हो ।

उक्त बैठकमा पार्टीको सङगठन विस्तार र सुदृढीकरण अभियानबारे समीक्षा हुने उनको भनाई छ ।

यस्तै, बैठकले मधेश प्रदेश सभामा रिक्त रहेको एक जना समानुपातिक सांसदका लागि उम्मेदवार छनोट गर्ने उनले बताए । स्व. सांसद् विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त पद रिक्त रहेको छ ।