हेटौंडामा एक किशोरी मृत फेला

तु खबर संवाददाता
२०८० कार्तिक १३, सोमबार ०९:२०
file photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ लामसुरेमा एक किशोरी मृत अवस्थामा फेला परेकी छन् ।

स्थानीय अन्दाजी १६ वर्षीया सुरक्षा चौधरी आइतबार मृत अवस्थामा फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, चौधरी आफ्नै घरको सुत्ने कोठाको फलामको पाईपमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

कानूनी प्रकृया पूरा गरी चौधरीको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।