असोज महिनासम्ममा नेपालको व्यापार घाटा ३ खर्ब ६६ अर्ब

तु खबर संवाददाता
२०८० कार्तिक १२,आईतवार १७:१४

काठमाडौँ । चालु आर्थिक वर्षको असोज मसान्त सम्ममा नेपालको व्यापार घाटा ३ खर्ब ६६ अर्ब पुगेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार चालू आवको असोज महिनासम्ममा देशको व्यापार घाटा तीन खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार रुपैयाँ रहेको छ ।

जहाँ देशको आयात चार खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने देशको व्यापारघाटा तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, नेपालले आवको असोज महिनासम्म ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँको निर्यात गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको थियो ।