प्रतिनिधि सभा बैठक : दुई वटा विधेयक पेस

तु खबर संवाददाता
२०८० कार्तिक १२, आईतवार १६:५६
file-photo

काठमाडौं । संघीय संसद् अन्तरगत पर्ने प्रतिनिधि सभाको आज बसेको बैठकमा दुई वटा विधेयक पेस गरिएको छ ।

बैठकमा “बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र “भन्सार विधेयक, २०८० पेस गरिएको हो ।

ती दुबै विधेयक अर्थमन्त्री डा.प्रकाशशरण महतको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैठकमा पेस गरेका हुन् ।