मकवानपुरको भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

तु खबर संवाददाता
२०८० कार्तिक १२, आईतवार १६:४०
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ३ बेसारघारीमा आज दिउँसो भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ७० वर्षीय वृद्ध गणेशबहादुर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, दिउँसो साढे २ बजेको समयमा घरदेखी अन्दाजी १.५ किलोमिटर पश्चिमतर्फ रहेको भिरमा घाँस काट्न जाँदा भिरबाट लडेर उनको मृत्यु भएको हो ।

उक्त घटनाबारे प्रहरीलाई सूचना प्राप्त हुनेबित्तिकै इलाका प्रहरी कार्यालय भीमफेदीको टोली घटनास्थलतर्फ गएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।