करेन्ट लगाएर माछा मार्न खोज्दा एक जनाको ज्यान गयो
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकास्थित कुडकु खोलामा माछा मार्न खोज्दा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा गोदावरी नगरपालिका–४ बस्ने ४० वर्षीय दलबहादुर पहरी रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरीका अनुसार, शनिबार दिउँसो कुडकु खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा दलबहादुरको ज्यान गएको हो ।
प्रहरीले मृतक दलबहादुरसँगै माछा मार्न गएका अन्य २ जनालाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
