काभ्रेमा एमाले नेता सवार गाडी दुर्घटना, ११ जना घाइते
काभ्रे । काभ्रेको बेथानचोक–१ निगाले भन्ने स्थानमा आज नेकपा एमालेका नेताहरु सवार बोलेरो गाडी पल्टिएर दुर्घटना भएको छ ।
एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद नविना लामा, नेता रामहरी सुवेदी, प्रदेश नेतृ भक्तकुमारी लामासहितका नेताहरु सवार बा १४ च ७०७७ नम्बरको बोलेरो गाडी दुर्घटना भएको काभ्रे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त दुर्घटनामा परेर ११ जना सामान्य घाइते भएका छन् ।
उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
