समाचार

स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

मकवानपुर । सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । २३ औँ सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा गणका सशस्त्र प्रहरी लगायत संचारकर्मीहरु २२ जनाले रक्तदान गरेका थिए । सशस्त्र प्रहरी बल नेपाल १४...

नेप्सेमा झिनो अंकको गिरावट, ४ अर्बमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको तेस्रो अर्थात मंगलबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । सोमबार ३१ अंकले घटेको नेप्से आज पनि ०.४० अंकले घट्दा २०९८.२९ को विन्दुमा पुगेर रोकिएको हो । यस्तै, आज ३०१ सूचीकृत कम्पनीको १ करोड १८ लाख १ हजार ३ सय ६० कित्ता शेयर खरिदबिक्रि...

भिजिट भिसालाई सहज बनाउने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले भिजिट तथा पर्यटकीय भिसालाई सहज बनाउने निर्णय गरेको छ । यसअघि २०७८ फागुन २५ गते जारी भएको निर्णय खारेज गर्दै सरकारले सो निर्णय गरेको हो । सरकारले यसअघि मिति २०७८ फागुन २५ मा जारी भएको नेपाल सरकार (सचिवस्तर) को निर्णयलाई गृहमन्त्रीस्तरीय निर्णयबाट खारेज गर्दै नयाँ...

कांग्रेस नेतृ पोखरेलको निधन

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको निधन भएको छ । पोखरेलको १ सय २ वर्षको उमेरमा आज बिहान ४ बजे काठमाडौंको सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो । उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । द्रौपदा नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत भएकी थिइन् ।...

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

मकवानपुर । प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुर, सुर्खेत र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातामाटे पिपल चौताराबाट सोमबार अवैध लागूऔषध खैरो हेरोइन १५ ग्रामसहित सोमबार दिउँसो एक जनालाई पक्राउ गरेको हो ।...

मंगलबार सुनको भाउ स्थिर

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको जनाएको छ । साताको आइतबार र सोमबार लगातार स्थिर रहेको सुनको भाउ आज पनि स्थिर रहेको महाशाखाले जानकारी गराएको हो । यससँगै, आज छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको...

८० किलो गाँजासहित दुई पुरुष पक्राउ

सुनसरी । सुनसरीको देवानगंज गाउँपालिका–६ नहरचोकबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित सोमबार दुई पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले करिब ८० किलो लागूऔषध गाँजासहित धरान उपमहानगरपालिका–११ बस्ने २९ वर्षीय कुमार तामाङ र ३० वर्षीय राम बहादुर राईलाई पक्राउ गरेको हो । उनीहरुलाई अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीले पक्राउ गरेको...

मकवानपुरमा सवारी दुर्घटना: ६ महिनामा ३२ जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा सवारी दुर्घटनामा परेर चालु आर्थिक वर्षको ६ महिनामा ३२ जनाको मृत्यु भएको छ । चालु आवको गत साउनदेखि पुष महिनासम्ममा जिल्लाको विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । सो अवधिमा ११० घटनामा १४४ वटा सवारी दुर्घटना भएको थियो । दुर्घटनामा ५०...

चीन–किर्गिस्तान सीमामा ७.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । चीन–किर्गिस्तान सीमा क्षेत्रमा सोमबार राति ११ बजेर ३९ मिनेटमा शक्तिशाली भूकम्प गएको छ । दक्षिणी सिनजियाङमा केन्द्रविन्दु बनाएर ७.२ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । भूकम्पबाट धेरै भवनहरू भत्किएका छन् भने धेरै मानिस घाइते भएका छन् । भूकम्पपछि ४० वटा परकम्प पनि गइसकेका छन्...

हेटौंडाको सिद्धार्थ माबिको ४८ औं वार्षिकोत्सव सम्पन्न

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–२, स्थित सिद्धार्थ माध्यमिक विद्यालयको ४८ औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ । कार्यक्रम बागमती प्रदेश, सामाजिक विकास मन्त्री कुमारी लामाको प्रमुख आतिथ्यता एवम् विद्यालय व्यावस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको अध्यक्षतामा भएको हो । सो क्रममा सिद्धार्थ माविकी शिक्षक संगीता कुमारी पुडासैनी सम्मानित भएकी थिइन् ।...