मंगलबार सुनको भाउ स्थिर
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको जनाएको छ ।
साताको आइतबार र सोमबार लगातार स्थिर रहेको सुनको भाउ आज पनि स्थिर रहेको महाशाखाले जानकारी गराएको हो ।
यससँगै, आज छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार र सोमबार पनि सुनको भाउ सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ घटेको छ । महासंघले सोमबारको तुलनामा आज चाँदी २० रुपैयाँले घटेको जनाएको हो ।
भाउ घटेसँगै चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
