समाचार

नगर प्रमुख लामाद्वारा ज्योति माबिको ४ कोठे भवनको शिलान्यास

मकवानपुर । मकवानपुरको हेटौंडास्थित ज्योति माध्यमिक विद्यालय (प्राबिधिक शिक्षालय) को ४ कोठे भवनको बुधबार शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण हुन लागेको हो । भवनको शिलान्यास हेटौंडा उपमहानगरकी प्रमुख मीनाकुमारी लामाले गरेकी हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले अध्यक्षतामा भएको हो ।...

थप दुई नयाँ कम्पनीले पायो ब्रोकर प्रमाणपत्र

काठमाडौं । नेप्सेले थप २ नयाँ कम्पनीलाई ब्रोकर सदस्यता प्रमाणपत्र (लाइसेन्स) दिएको छ । प्रमाणपत्र पाउने कम्पनीहरुमा हिमालयन सेक्युरिटिज र आरविवि सेक्युरिटिज रहेका छन् । नेप्सेले माघ ३ गते यी दुबै कम्पनीलाई प्रमाणपत्र दिएको हो । नेप्सेले ब्रोकर सदस्यता दिएसंगै अब सिडीएसबाट राफसाफ सदस्यता लिएपछि यी कम्पनीले कारोबार सुरु...

बुधबार पनि नेप्सेमा गिरावट

काठमाडौं । आज साता कारोबारको चौथो अर्थात बुधबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार झिनो अंकले ओरालो लागेको नेप्से बुधबार पनि घट्न पुगेको हो । आज नेप्से १०.२५ अंकले घटेर २०८८ विन्दुमा पुगेर रोकिएको हो । यसअघि मंगलबार ०.४० अंकले घटेर २०९८.२९ को विन्दुमा पुगेर रोकिएको थियो...

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

सल्यान । सल्यानमा आफ्नै श्रीमती २८ वर्षीया सिमा कँवर भन्ने पार्वती कँवरको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक सिमाका श्रीमान् छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरा बस्ने २३ वर्षीय मोहन पुन रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पार्वती आफ्नै घरमा सोमबार दिउँसो मृत अवस्थामा...

दुर्घटनामा परेर बोलेरो चालकको मृत्यु

कास्की । कास्कीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीय कृष्णबहादुर थापा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, कास्की पोखरा महानगरपालिका–१८ चिसाखोला नजिक मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३ नम्बरको दुध बोक्ने बोलेरो दुर्घटना हुँदा थापाको मृत्यु भएको हो...

हेटौंडामा हुने राष्ट्रिय सभा निर्वाचनको आवश्यक तयारी पूरा

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा हुने आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको आवश्यक तयारी पूरा भएको छ । राष्ट्रिय सभा सदस्य अन्तरगत बागमती प्रदेशतर्फ खाली रहेको ४ सिटका लागि भोलि माघ ११ गते हुने निर्वाचनको आवश्यक प्रकृया पूरा भएको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौंडाका निमित्त प्रमुख तारा प्रसाद...

हेटौंडामा सहिद सप्ताह सुरु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, नवलपुरस्थितसहिद स्मारकमा बुधबार बुद्ध पार्कको उद्घाटन गरिएको छ । सहिद स्मारक विकास समितिले सहिद दिवसको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तरगत आज पहिलो दिन उक्त पार्कको उद्घाटन गरिएको सचिव रघुनाथ खुलालले जानकारी दिए । पार्कको उद्घाटन बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् सहिद...

हेटौंडामा बस दुर्घटना

मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ पुतलीबजारमा आज बिहान बस दुर्घटना भएको छ । बिहान ९ बजेको समयमा फुर्केचौरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना.३ ख ५३०३ नं.को बसले टेलरलाई साईड दिने क्रममा अचानक सडक साईडमा पल्टिएर दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका...

मकवानपुरमा एक महिला मृत फेला

मकवानपुर । मकवानपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको थाहा नगरपालिका वडा नम्वर ५ फुर्केमा मंगलबार अपराह्नमा एक महिला मृत अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, मृत फेला पर्नेमा स्थानीय अन्दाजी ६० वर्षीया ठुलीमाया रुम्बा रहेकी छन् । रुम्बा आफ्नै...

३ जना असइसहित २४ प्रहरी सम्पर्कविहीन

काठमाडौं । नेपाल प्रहरीका विभिन्न पोष्टमा कार्यरत २४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै ३ जना असइसहित २४ जना प्रहरी सम्पर्कविहीन भएको जानकारी गराएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार, उनीहरु गत भदौदेखि गैरहाजिर भएका हुन् । जारी सूचनामा गैरहाजिर भएका २४...