श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
सल्यान । सल्यानमा आफ्नै श्रीमती २८ वर्षीया सिमा कँवर भन्ने पार्वती कँवरको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मृतक सिमाका श्रीमान् छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरा बस्ने २३ वर्षीय मोहन पुन रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पार्वती आफ्नै घरमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेकी थिइन् । जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा मोहनले आपसी झै–झगाडामा सिमाको हत्या गरेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो ।
मोहनलाई छत्रेश्वरी गाउँपालिका–५ ढाकुडाँडास्थित जंगलमा लुकिछपि बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जनाएको छ ।
उनी उपर ज्यान सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत सल्यानबाट ८ दिन म्याद थप अनुमती लिई घटनाको बारेमा आवश्यक आवश्यक अनुसन्धान गरिरहेको छ ।
