समाचार

भीमफेदी बालगृहलाई खाद्यान्न सहयोग

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित बालगृहलाई खाद्यान्न सहयोग भएको छ । बालगृहलाई पुरानो मकवानपुर रोड सडक, ढल, पेटी निर्माण उपभोक्ता समिति हेटौंडा–२ ले बुधबार एक कार्यक्रमबीच खाद्यान्न सहयोग गरेको हो । उपभोक्ता समितिले समितिमा रहेको बचतबाट आएको व्याज रकमबाट बालगृहलाई खाद्यान्न सहयोग गरेको समितिका अध्यक्ष मञ्जु दाहाल खतिवडाले जानकारी...

भीमफेदीको एक सामुदायिक वनको सालको गोलिया काठमा आगलागी

मकवानपुर । मकवानपुरको भीमफेदीमा बुधबार एक सामुदायिक वनको सालको गोलिया काठमा आगलागी भएको छ । भीमफेदी गाउँपालिका वडा नं.१ सानुटार याङराङ खोलामा नजिकै कालिका किसडी सामुदायिकको ८०० क्यूफिट काठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त काठको थुप्रोमा आगलागी हुँदा २०० वटा गोलिया बाँकी रहेको अरु...

राष्ट्रियसभा सदस्य निर्वाचनः हेटौंडामा मतदान प्रक्रिया सुरु

मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचनको बागमती प्रदेश तर्फको रिक्त ४ सदस्यका लागि मतदान सुरु भएको छ । हेटौंडाको भुटनदेवी स्कुल परिसरमा निर्वाचन तोकिएकै समयमा विहान ९ बजेबाट सुरु भएको हो । मतदान केन्द्रमा प्रदेशसभा सदस्यहरुका लागि र स्थानीय तहका प्रमुख एवम् उपप्रमुखहरुका लागि छुट्टाछुट्टै मतदानस्थलको प्रबन्ध मिलाइएको छ ।...

राष्ट्रिय युवा संघ मकवानपुरको संयोजकमा नगरकोटी

मकवानपुर । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको संयोजकमा राजेश नगरकोटी चयन भएका छन् । बुधबार हेटौंडामा भएको विस्तारित बैठकबाट नगरकोटीको संयोजकत्वमा ७७ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो । यस्तै, कमिटिको सहसंयोजकमा सविन लामा चयन भएका छन् । विस्तारित बैठक राष्ट्रिय युवा संघ नेपाल मकवानपुर...

आजको मौसम: पश्चिमी वायुको सामान्य प्रभाव

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, बिहीबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही देशको पहाडी भू–भागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी...

राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन बोलायो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन बैठक बोलाएका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आगामी माघ २२ गते सोमबार बस्ने गरी अधिवेशन बोलाएका हुन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन बोलाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

स्वस्थानी व्रतकथा आजदेखि सुरु

काठमाडौं । आज पौष शुक्ल पूर्णिमा । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघस्नान आजदेखि सुरु हुँदैछ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ...

आज हेटौंडासहित देशैभर राष्ट्रिय सभा निर्वाचन हुँदै

मकवानपुर । आज बागमती प्रदेशको राजधानी हेटौंडासहित देशैभर राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान हुने भएको हो । जसअनुसार, बागमती प्रदेशतर्फ खाली रहेको ४ सिटका लागि आज हेटौंडामा निर्वाचन हुन लागेको हो । उक्त ४ सिटका लागि नेकपा एमाले र नेपाल...

मकवानपुरगढीमा विजय उत्सव मनाइयो

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ मा बुुधबार २६१ औं विजय उत्सव मनाइएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को आयोजनामा एक कार्यक्रमबीच ऐतिहासिक मकवानपुरगढीको विजय उत्सव मनाइएको हो । कार्यक्रम मकवानपुरगढी वडा नम्बर २ का वडाध्यक्ष बखान सिं पाख्रीनको अध्यक्षतामा एवम् बागमती प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेस...

हेटौंडाकी तामाङ मृत फेला

मकवानपुर । मकवानपुरको हेटौंडामा आज एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ गुरुङ चोकस्थित स्थानीय ४० वर्षीया चिनीमाया तामाङ (गुरुङ) मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, चिनीमाया आफ्नै घर भित्र रहेको शौचालयमा फलामको डण्डिमा सलको पासो लगाई...