राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन बोलायो

तु खबर संवाददाता
२०८० माघ ११, बिहीबार ०८:४७
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन बैठक बोलाएका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आगामी माघ २२ गते सोमबार बस्ने गरी अधिवेशन बोलाएका हुन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन बोलाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।