समाचार

राष्ट्रियसभा चुनावः सुदूरपश्चिममा गठबन्धनका तीनै जना निर्वाचित

कैलाली । राष्ट्रियसभा सदस्य चुनावअन्तरगत सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । बिहीबार अपराह्नमा सम्पन्न मत गणना अनुसार, महिलातर्फ माओवादीकी रेनु चन्द, अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ काँग्रेसकै बलदेव बोहरा निर्वाचित भएका हुन् । उनीहरुले क्रमशः ४ हजार ४५३ मत र ४ हजार ४१९ मत...

गण्डकीबाट महिलामा मनरुपा र अपाङ्गतामा परियार विजयी

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट महिला पदमा मनरुपा शर्मा विजयी भएकी छन् । बिहीबार सम्पन्न निर्वाचनमा क्लष्टरमा नेकपा माओवादी केन्द्रकी शर्माले ३ हजार ६ सय ६० मतभार पाएर विजयी हाँसिल गरेकी हुन् । शर्मालाई स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ जनाले मतदान गरेका थिए । विपक्षी...

राष्ट्रियसभा निर्वाचनः हेटौंडामा मत गणना सुरु

मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचन अन्र्तगत बागमती प्रदेशको हेटौंडामा मत गणना सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ भुटनदेवी माबिमा मतदान सम्पन्न भएपलगत्तै मत गणना सुरु भएको हो । मत गाणना केहीबेर अघि सुरु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।...

राष्ट्रियसभा निर्वाचनः बागमतीमा ५ जनाले गरेनन् मतदान

मकवानपुर । राष्ट्रियसभा निर्वाचन अन्तरगत बागमती प्रदेशतर्फको हेटौंडामा भएको मतदान प्रकृयामा ५ जना अनुपस्थित भएका छन् । मतदान प्रकृयामा प्रदेशसभातर्फ २ जना र स्थानीय तहतर्फ ३ जना गरी ५ जना प्रतिनिधि अनुपस्थित भएको बागमती प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख ताराप्रसाद आचार्यले जानकारी दिए । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४,...

गैँडा मारेको आरोपमा हेटौंडाबाट पुरुष पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडालाई गोली हानी मारेको आरोपमा हेटौंडाबाट एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ६ का टीकाराम बोहोरा भन्ने खेसरबहादुर बोहोरा रहेको छन् । उनलाई तीन वर्षपछि पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका...

बागमती प्रदेशको मन्त्रीपरिषद् बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशको मन्त्रीपरिषद् बैठक आज बस्दैछ । बैठक मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा केहीबेरमा नै सुरु हुने गरी बस्ने भएको जनाइएको छ । बैठक मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बस्न लागेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन: बागमतीमा मतदान सकियो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तगत मतदान प्रकृया सकिएको छ । प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रकृया अपराह्न ३ बजे सकिएको हो । उक्त मतदानमा ३४२ जनाले सहभागी जनाएको बागमती प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख ताराप्रसाद...

चिनियाँ उपमन्त्री सुन हेयान नेपाल भ्रमणमा आउँदै

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेपाल भ्रमणमा आउने भएकी छन् । उनी शुक्रवार बंगलादेश हुँदै चार दिने नेपाल भ्रमणमा आउने भएकी हुन् । मालदिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले आज त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी छन् । उपमन्त्री हेयान नेतृत्वको टोली शुक्रवार ११ः३०...

राष्ट्रियसभा सदस्य निर्वाचनः हेटौंडामा मतदान जारी

मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचनको बागमती प्रदेशतर्फको रिक्त ४ सदस्यका लागि हाल मतदान जारी छ । हेटौंडाको भुटनदेवी स्कुल परिसरमा निर्वाचन तोकिएकै समयमा विहान ९ बजेबाट मतदान सुरु भएको हो । मतदान केन्द्रमा प्रदेशसभा सदस्यहरुका लागि र स्थानीय तहका प्रमुख एवम् उपप्रमुखहरुका लागि छुट्टाछुट्टै मतदानस्थलको प्रबन्ध मिलाइएको छ ।...

मकवानपुरका स्याङतान पक्राउ

मकवानपुर । मकवानपुरमा अवैध लागूऔषध र नगदसहित प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको थाहा नगरपालिका वडा नं.८ गल्छीबाट लागूऔषध गाँजाको धुलो १० किलो र नगद ७४ हजार ९९५ रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–८, महादेवखर्क बस्ने ४३ वर्षीय सानुकान्छा...