समाचार

घरको छतबाट खसेर किशोरीको मृत्यु

बुटवल । दाङको तुलसीपुरमा घरको छतबाट खसेर किशोरीकोको मृत्यु भएको छ । मृ्त्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– ५ रानी जरुवाकी १८ वर्षीय कमला केसी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घरको छतबाट खसेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । तुलसीपुरमा उपचार सम्भव...

सातामा ७१ अङ्कले घटेर नेप्से सूचक २ हजार ८४ विन्दुमा झर्यो

काठमाडौं । यो साता सेयर बजार परिसूचक नेप्से पाँचै कारोबार दिन नेगेटिभ (ऋणात्मक) बन्न पुगेको छ । अघिल्लो हप्ताको बुधबार अर्थात् माघ ३ गतेदेखि ओरालो लाग्न थालेको नेप्से सूचक निरन्तर यो हप्ता पनि ओरालो लागेको हो । माघ ११ गतेसम्म यो साता ७१.७३ अङ्कले नेप्से घट्दै २ हजार ८४...

बसको ठक्करबाट पौडेलको मृत्यु

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहान ४ बजेको समयमा सर्लाहीबाट नारायणगढ जान लागेको बा ३ ख ३४५५ नम्बरको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चन्द्रपुर ५ बस्ने ५५ बर्षका बोधनाथ पौडेल रहेको प्रहरीले जनाएको छ...

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१०, अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाई र सुनसरी धरान उपमहानगरपालिका–११, घर भई काठमाडौं महानगरपालिका–६ नयाँबस्ती बस्ने ३० वर्षीय विश्वास राई रहेका छन् । युवराजको घरमा अवैध रूपमा नेपाल राष्ट्र बैंकबाट...

कांग्रेस बागमतीले ७८ औं स्थापना दिवस मनायो

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिले शुक्रबार ७८ औँ स्थापना दिवस मनाएको छ । कांग्रेस बागमतीले हेटौंडामा एक कार्यक्रमको आयोजना गरी मनाइएको हो । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । कार्यक्रम् पार्टी पूर्व...

लण्डनमा एक नेपाली मृत फेला

लण्डन । लण्डनमा एक नेपाली मृत अवस्थामा फेला परेका छन् । ललितपुर निवासी २५ वर्षीय सन्दीप तामाङ मृत अवस्थामा फेला परेका हुन् । लण्डनस्थित हेज क्षेत्रका प्रहरीले २० जनवरीमा उनको शव फेला पारेको थियो । शव फेला पारेपछि प्रहरीले आफन्तको खोजी गर्न लण्डनस्थित नेपाली दूतावासलाई सम्पर्क गरेको थियो ।...

आज यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाले शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेख गरिएको छ । महाशाखाका अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा...

रास्वपाले माघ २१ गतेबाट दबाव यात्रा सुरु गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही माघ २१ गतेबाट आयोजना केन्द्रित पदयात्रा संचालन गर्ने भएको छ । अलपत्र परेका आयोजना निर्माणमा दबाव दिने उद्देश्यले पदयात्रा संचालन गर्न लागिएको रास्वपाले जनाएको छ । २१ विकास आयोजना, २१ व्यक्ति, २१ गते गरी तिन २१ को संयोजनसहित पदयात्रा संचालन गर्न...

सामूहिक हत्या प्रकरणका फरार अभियुक्त पक्राउ

विराटनगर । संखुवासभाम हत्या प्रकरणमा फरार एक महिला २० वर्षपछि पक्राउ परेका छन् । संखुवासभामा २०६० सालमा दुई जना पुरुषको सामूहिक हत्या प्रकरणका फरार अभियुक्त चैनपुर नगरपालिकाकी ३५ वर्षीया कैली तामाङ २० वर्षपछि पक्राउ परेकी हुन् । उनलाई प्रहरीले मोरङबाट पक्राउ गरेको हो । केराबारी गाउँपालिका–१० स्थित मोहन नेपालको...

फागुन दोस्रो सातादेखि दादुरा–रुवेला विरुद्धको खोप अभियान संचालन हुने

काठमाडौं । सरकारले आगामी फागुन दोस्रो सातादेखि देशैभर दादुरा–रुवेला विरुद्धको खोप अभियान संचालन गर्ने भएको छ । सरकारले दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ गतेदेखि चैत्र ७ गतेसम्म उक्त अभियान संचालन गर्ने भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप...