समाचार

कांग्रेस निकट थारू संघमा ९८ सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनयन गरिएको छ । पार्टीका सभापति शेरबहादुर देउवाले सदस्यहरु मनोनीत गरेका हुन् । जसअनुसार, नेपाल थारू संघको अध्यक्षतामा शिवनारायण महतो गुरौ रहेका छन् । संघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा पार्टी सभापति देउवाले मनोनीत गरेकाहरुको नामावली...

दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन दिन माग

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन दिन आह्वान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै उक्त पदका लागि आवेदन आह्वान गरेको हो । मन्त्रालयले सूचना प्रकाशित भएको मितिले सातौँ दिनसम्म रितपूर्वक आवेदन दिन आग्रह गरेको छ । जारी सूचनामा ३०...

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्नैछ । कानुन, न्याय तथा मानव अधिकार समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागिएको हो । जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान साढे ११ बजे बस्ने गरी आह्वान गरिएको छ । सो बैठकमा केही नेपाल...

भीमफेदीमा अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजनाको शुभारम्भ

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले योगदानमा आधारित अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजनाको शनिबार शुभारम्भ गरेको छ । पालिकाले देशभरी नै दोस्रो गाउँपलिकाको रुपमा सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको हो । पालिकाले स्याङ्जाको फेदिखोला गाउँपालिका पछिको दोस्रो सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको हो । उक्त योजनाको भीफफेदीमा आयोजित एक...

आज विश्व कुष्ठरोग दिवस मनाइँदै

काठमाडौं । आज देशभर विश्व कुष्ठरोग दिवस मनाइँदैछ । ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ आज ७१ औँ विश्व कुष्ठरोग दिवस मनाउने भएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार, कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम...

यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न चार प्रदेशमा हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव...

एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन आजबाट

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले विधान हेरफेर गर्न आजबाट राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । दुई दिनसम्म संचालन हुने सम्मेलन आजबाट सुरु हुन लागेको हो । सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष माधव कुमार नेपालले आज बिहान साढे ११ बजे प्रज्ञा भवन कमलादीमा गर्ने भएका छन् । राष्ट्रिय सम्मेलनमा...

हेटौंडामा २१ जनाले गरे रक्तदान

मकवानपुर । रगतको अभाब खड्किदै गइरहेको समयमा हेटौंडामा आयोजित रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । शनिबार मकवानपुर घर जग्गा व्यवसायी संघको पहिलो विशेष साधारण सभाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २१ जनाले रगत दान गरेका हुन् । रक्तदान गर्ने मध्य घर जग्गाको कारोबार गरिरहेका हेटौंडा–९ का व्यवसायी रमेश...

हेटौंडामा तामाङ साँस्कृतिक महोत्सव हुँदै

मकवानपुर । मकवानपुरको हेटौंडामा तामाङ साँस्कृतिक महोत्सव हुने भएको छ । ल्होछारको अवसरमा यही माघ २७ गते उक्त साँस्कृतिक महोत्सवको आयोजना हुने भएको हो । नेपाल तामाङ घेदुङ, जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा मकवानपुर तामाङ कलाकार संघको समन्वय र तामाङ पत्रकार संघ मकवानपुरको सञ्चार समन्वयमा उक्त महोत्सव हुने...

६ महिनामा ५ करोड २३ लाखको गुट्खा र खैनी निर्यात

काठमाडौं । नेपालबाट ६ महिनाको अवधिमा ५ करोड २३ लाख ४७ हजार रुपैयाँ बराबरको गुट्खा र खैनी निर्यात भएको छ । नेपालबाट भन्सार विभागको तथ्यांकअनुसार, चालु आर्थिृक वर्ष २०८०–०८१ को गत साउन महिनादेखि पुस महिनासम्मको अवधिमा सो रकम बराबरको गुट्खा र खैनी निर्यात भएको हो । यस अवधिमा ८५...