समाचार

एक विदेशी महिला मृत फेला

काठमाडौं । ललितपुरको मंगलबजारस्थित नकिबहालमा एक विदेशी महिला मृत अवस्थामा फेला परेकी छन् । जर्मन घर भएकी एक जना महिला मृत अवस्थामा फेला परेको ललितपुर प्रहरीले जनाएको छ । नकिबहाल स्थित होमस्टेमा बस्ने विदेशी नागरिक आफ्नै कोठामा मृत भेटिएकी हुन् । अनुसन्धान अधिकृतहरूको टिम घटनास्थलमा पुगेको र घटनाको बारेमा...

भन्सार छली गरेर ल्याउँदै गरेको अवैध सामान बरामद

गोदार । भारतबाट अवैध रुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको सामान धनुषा प्रहरीले बरामद गरेको छ । प्रहरीले आइतबार रु सात लाख ५७ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामानसहित मोटरसाइकल बरामद गरेको हो । प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको किराना सामान, प्याज, खुर्सानी, कपडा र हार्डवेयरका सामान...

हेटौंडाबाट एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित आइतबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका–१५, रातमाटेबाट अवैध लागूऔषध गाँजा ५ किलोसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहाको कर्जनहा नगरपालिका–८ बस्ने ४२ वर्षीय राम सागर राउत रहेका छन् । उनलाई प्रहरी चौकी रातमाटेबाट खटिएको प्रहरीले पक्राउ...

कञ्चनपुरबाट १४ वर्षीय बालक बेपत्ता

धनगढी । कञ्चनपुरको वाणीबाट एक जना बालक बेपत्ता भएका छन् । धनगढीको त्रिनगर माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय बालक ओमप्रकाश जोशी बेपत्ता भएको कञ्चनपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आइतबार दिउँसो खाना खाएर ‘एकै छिनमा आउँछु’ भनेर घरबाट निस्केका उनी घर नफर्किएपछि आमा सावित्री जोशीले प्रहरी...

रुकुम पश्चिममा प्रहरीमाथि आक्रमण

सुर्खेत । रुकुम पश्चिममा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ । ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा आइतबार प्रहरीमाथि आक्रमण भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ । आक्रमणमा परेर प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएका छन् । प्रहरीका अनुसार, बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । यस्तै, आज देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ...

आज ४ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकैपटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार, आज बिहान कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठक बसिरहेको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला, संघ, संस्था लगायतसँग छलफल हुने जनाइएको छ । यसैगरी, आज कृषि, सहकारी तथा प्राकृतिक श्रोत...

दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

तनहुँ । तनहुँमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका वडा नं.३ बस्ने २६ वर्षीय सफल राना मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार, आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ क ५०१२ नं.को मिनी ट्रक र सोही...

जनतासँग साक्षात्कार गर्न गाउँ छिर्दै कांग्रेस

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ । केन्द्रीय निर्देशन बमोजिम जिल्लामा पनि अभियान सुरु गरिएको र औपचारिक सुभारम्भ भने माघ १६ गते सहिद दिवसको दिनबाट हुने सभापति बुद्ध लामाले जानकारी दिए । यो अभियान माघ २६ गतेसम्म सञ्चालन हुने र त्यस अवधिमा समुदायस्तरमा प्रत्यक्ष...

निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन प्रस्तुत गरिएको छ । निर्वाचन आयोगले आइतबार राष्ट्रपति भवन पुगेर उक्त प्रतिवेदन प्रस्तुत गरेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए । उनका अनुसार, राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम...