हेटौंडाबाट एक जना पक्राउ

तु खबर संवाददाता
२०८० माघ १५, सोमबार १०:१०

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित आइतबार एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका–१५, रातमाटेबाट अवैध लागूऔषध गाँजा ५ किलोसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको कर्जनहा नगरपालिका–८ बस्ने ४२ वर्षीय राम सागर राउत रहेका छन् । उनलाई प्रहरी चौकी रातमाटेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, को १ ख ७९१४ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार उनको साथबाट सो परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका राउतमाथि प्रहरीले आवश्यक अनुसन्धान साथै कानुनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।