दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
तनहुँ । तनहुँमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका वडा नं.३ बस्ने २६ वर्षीय सफल राना मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार, आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ क ५०१२ नं.को मिनी ट्रक र सोही दिशा तर्फ आउँदै गरेको प्र.३–०२–००९ प ८५३० नं.को मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा मगरको गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका मगरलाई उपचारको लागि आबुखैरेनी अस्पताल आँबुखैरेनी तनहुँ लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक मगर मोटरसाइकल चालक हुन् । मिनी ट्रक र त्यसका चालक ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
