समाचार
पाँचौ मनहरी महोत्सव भोलिदेखि, सबै तयारी पूरा
मकवानपुर । मकवानपुरको पश्चिमी मनहरीमा भोली माघ १६ गतेदेखि पाँचौ मनहरी महोत्सव हुँदैछ । मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीको आयोजनामा उक्त महोत्सव हुन लागेको हो । यही माघ २८ गतेसम्म संचालन हुने महोत्सवको सबै तयारी पूरा भएको समितिका अध्यक्ष एवम् आयोजक समितिका संयोजक गणेश मानन्धरले जानकारी...
कांग्रेस मकवानपुरले १०२ वटै वडामा सरसफाइ कार्यक्रम गर्ने
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले भोलि माघ १६ गते सहिद दिवसको दिन सरसफाइ कार्यक्रमको आयोजना गर्ने भएको छ । कांग्रेस मकवानपुरले ‘समुदायमा कांग्रेस’ अभियान अन्तरगत जिल्लाको सबै वडामा सरसफाइ कार्यक्रम गर्ने निर्णय गरेको जिल्ला सचिव भीमसेन महतले जानकारी दिए । जसअनुसार, भोलि बिहान ८ बजे हेटौंडा–१६, हटियास्थित मन्दिर सरसफाई,...
बेहोस् अवस्थामा भेटिएका हेटौंडाका युवकको मृत्यु
मकवानपुर । बेहोस् अवस्थामा भेटिएका मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ एचआईडी बस्ने एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय युनेश काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश साहले जानकारी दिए । प्रहरी निरीक्षक साहका अनुसार, दिउँसो साढे १२ बजेको समयमा आफ्नै घरको...
भीमफेदीमा गुडिरहेको सुमोमा माथिबाट ढुंगा खसेपछि…
मकवानपुर । हेटौंडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको भीमफेदी–८, बगुवामा आज गुडिरहेको सुमोमा माथिबाट ढुंगा खस्दा एक जना यात्रु गम्भीर घाइते भएकी छन् । काठमाडौंबाट यात्रु बोकेर सर्लाहीतर्फ चादै गरेको ना १ ज ५९४३ नम्बरको टाटा सुमोमा सडक माथिबाट ढुङ्गा खसी सुमोको झ्यालको सिसा फुट्दा सुमोमा सवार...
थाई रक्षामन्त्री क्लूंगसाङ्ग र सांसद ढकालबीच भेटवार्ता
बैंकक । प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल र थाइल्याण्डका रक्षामन्त्री सुतिन क्लूंगसाङ्गबीच भेटवार्ता भएको छ । तीन दिने थाइल्याण्ड भ्रमणमा रहेका ढकाल र रक्षामन्त्री सुतिनबीच शिष्टाचार भेटवार्ता भएको ढकालको सचिवलायले जनाएको छ । ढकालको सचिवलायका अनुसार, रक्षा मन्त्रालयमा भएको भेटमा दुई पक्षीय हित तथा क्षेत्रीय शान्ति र सुरक्षाको बारे छलफल...
बागमती प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत
मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष थारु आयोगको कार्यसम्पदान सम्बन्धि पाँचौं वार्षिक प्रतिवेदन २०७९/०८० प्रस्तुत गरिएको छ । सोमबार हेटौंडामा एक कार्यक्रमबीच थारु आयोगकी सदस्य शान्ति मोदीले सो आयोगको कार्यसम्पदान सम्बन्धि प्रतिवेदन प्रदेश प्रमुख शर्मासमक्ष प्रस्तुत गरेकी हुन् । सो क्रममा प्रदेश प्रमुख शर्माले उक्त वार्षिक प्रतिवेदन...
नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको आरोपमा पक्राउ
काठमाडौं । अन्य व्यक्तिको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार, खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाईसी विवरणमा आफ्नो फोटो...
दुर्घटनामा परेर चार जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर कम्तीमा चार जनाको मृत्यु भएको छ । बाँके, सुर्खेत, तनहुँ र कपिलवस्तुमा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको हो । बाँकेको नेपालगंज उपमहानगरपालिका–१८ स्थित सडकमा भे.१ ख १६९७ नम्बरको माइक्रोबसले लु.१ ब २९३६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा...
बाल्टिनको पानीमा डुबेर १८ महिने बालकको मृत्यु
कालिकोट । कालिकोटमा शौचालयमा राखिएको बाल्टिनको पानीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ । आइतबार जिल्लाको रास्कोट नगरपालिका–९ बालुखेत बस्ने देवराज उपाध्यायको १८ महिनाको छोरा होमराज उपाध्यायको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पानीमा डुबेर अशक्त भएका उनको रास्कोट नगर अस्पताल गौतुकोटमा उपचारको क्रममा मृत्यु भएको...
नेपालमा ३ करोड ६९ लाख रुपैयाँको टाँक आयात
काठमाडौं । नेपालमा पछिल्लो ६ महिनाको अवधिमा ३ करोड ६९ लाख रुपैयाँ बराबरको टाँक आयात भएको छ । नेपालमा चालू आर्थिक वर्ष २०८०/०८१ को गत साउन महिनादेखि पुरुष महिनासम्ममा सो रकम बराबरको टाँक आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ । सो अवधिमा विदेशबाट १ लाख ५० हजार...










