बाल्टिनको पानीमा डुबेर १८ महिने बालकको मृत्यु

तु खबर संवाददाता
२०८० माघ १५, सोमबार १५:२२
file photo

कालिकोट । कालिकोटमा शौचालयमा राखिएको बाल्टिनको पानीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ ।

आइतबार जिल्लाको रास्कोट नगरपालिका–९ बालुखेत बस्ने देवराज उपाध्यायको १८ महिनाको छोरा होमराज उपाध्यायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पानीमा डुबेर अशक्त भएका उनको रास्कोट नगर अस्पताल गौतुकोटमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।