थाई रक्षामन्त्री क्लूंगसाङ्ग र सांसद ढकालबीच भेटवार्ता

तु खबर संवाददाता
२०८० माघ १५,सोमबार १६:१५

बैंकक । प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल र थाइल्याण्डका रक्षामन्त्री सुतिन क्लूंगसाङ्गबीच भेटवार्ता भएको छ ।

तीन दिने थाइल्याण्ड भ्रमणमा रहेका ढकाल र रक्षामन्त्री सुतिनबीच शिष्टाचार भेटवार्ता भएको ढकालको सचिवलायले जनाएको छ ।

ढकालको सचिवलायका अनुसार, रक्षा मन्त्रालयमा भएको भेटमा दुई पक्षीय हित तथा क्षेत्रीय शान्ति र सुरक्षाको बारे छलफल भएको थियो ।
थाई रक्षामन्त्री क्लूंगसाङ्ग भेट्न सांसद ढकाल धर्मपत्नी ब्लेसि गाडनसंगै रक्षा मन्त्रालय पुगेका थिए ।

ढकाल नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्यसमेत हुन् ।