समाचार
कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
ललितपुर । कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ललितपुरबाट सोमबार एक एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा बिष्णुपुर गाउँपालिका–२ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–४ ईमाडोल बस्ने २४ वर्षीय मनोज कुमार साह रहेका छन् । कतार पठाइदिन्छु भन्दै २ लाख ९० हजार रूपैयाँ ठगी गरेको...
हेटौंडा–१३ मा सोनाम ल्होछार कार्यक्रम हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ स्थित गुम्बाडाँडामा ल्होछार कार्यक्रम हुने भएको छ । हरेक वर्ष आयोजना गर्दै आइरहेको ल्होटा मूल समारोह समितिले मंगलबार पत्रकार सम्मेलनमार्फत आगामी फागुन ४ गते उक्त कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी गराएको हो । कार्यक्रममा स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती रहने आयोजक समितिका...
बाराबाट पक्राउ परे हेटौंडाका युवक
बारा । बाराबाट लागूऔषध गाँजासहित मंगलबार हेटौंडाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको उपमहानगरपालिका–३ बस्तीपुर बस्ने २७ वर्षीय पवन गिरी रहेका छन् । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–७ टेढारोडबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित गिरी पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई ईलाका प्रहरी कार्यालय जितपुरबाट...
सहिद स्मृति गोल्डकपः बागमती युवा क्लबको सुरुवाती विजयी
मकवानपुर । छैठौँ संस्करणको ‘स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिता अन्तरगत मंगलबार भएको उद्घाटन खेलमा बागमती युवा क्लब सर्लाहीले विजयी हाँसिल गरेको छ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजना हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ स्थित गौरीटार रङ्गशालामा भएको उद्घाटन खेलमा बागमतीले भुटानको पारो फुटबल क्लबलाई पराजित गर्दै...
नेता बानियाँद्वारा मनहरी महोत्सवको उद्घाटन
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले पाँचौ मनहरी महोत्सवको उद्घाटन गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीको आयोजनामा मनहरी खोला किनारमा भएको महोत्सवको मंगलबार एक कार्यक्रमबीच नेता बानियाँले उद्घाटन गरेका हुन् । सो क्रममा नेता बानियाँले महोत्सवले स्थानीय उत्पादनहरुको प्रवद्र्धन...
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ । आज राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्न लागेको हो । जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे बस्ने गरी आह्वान गरिएको छ । बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा...
हेटौंडामा श्रद्धाञ्जली अर्पण गरेर सहिद दिवस मनाइयो
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सहिद दिवस २०८० मनाइएको छ । सहिद दिवसको अवसरमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नवलपुरस्थित सहिद स्मारकमा मंगलबार पुष्पगुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । बागमती प्रदेशका सभा भुवनकुमार पाठक, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल तथा बागमती प्रदेशका आन्तरिक...
आजको मौसमः हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूका साथै बाँकी भू–भागका केही स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा...
रिपोर्टर्स क्लब मकवानपुरद्वारा दुई जना पत्रकार पुरस्कृत
मकवानपुर । रिपोर्टर्स क्लब नेपाल मकवानपुर शाखाले सहिद बासुदेव घिमिरे स्मृति पत्रकारिता पुरस्कार–२०८० बाट पत्रकार नवराज शर्मा तिमल्सिना र नवराज न्यौपानेलाई सम्मान गरेको छ । आज क्लबका अध्यक्ष बलराम पुडासैनीको अध्यक्षतामा हेटौंडामा भएको कार्यक्रममा पत्रकार द्वय शर्मा र न्यौपानेलाई जनही ८ हजार ८ सय ८८ राशीको उक्त पुरस्कार प्रदान...
पत्रकारहरुलाई सामाजिक सुरक्षा अभियानमा आवद्ध गराउँछौँ: मुख्यमन्त्री जम्कट्टेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पत्रकारहरुलाई सामाजिक सुरक्षा अभियानमा आवद्ध गराउन प्रदेश सरकारले संचार रजिष्टारमार्फत् नीतिगत योजना तर्जुमा गरी कार्यान्वयन गर्न लागिएको बताएका छन् । मुख्यमन्त्री जम्कट्टेलले सहिद दिवसको उपलक्ष्यमा रिपोर्टर्स क्लब मकवानपुरद्वारा आज हेटौंडामा आयोजित पुरस्कार वितरण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुराको जानकारी गराएका...










