सहिद स्मृति गोल्डकपः बागमती युवा क्लबको सुरुवाती विजयी

तु खबर संवाददाता
२०८० माघ १७,बुधबार ०९:४४

मकवानपुर । छैठौँ संस्करणको ‘स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिता अन्तरगत मंगलबार भएको उद्घाटन खेलमा बागमती युवा क्लब सर्लाहीले विजयी हाँसिल गरेको छ ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजना हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ स्थित गौरीटार रङ्गशालामा भएको उद्घाटन खेलमा बागमतीले भुटानको पारो फुटबल क्लबलाई पराजित गर्दै बागमती युवा क्लब सर्लाहीले सरुवाती विजयी हाँसिल गरेको हो ।

बागमतीले भुटानको पारो फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । जितसंगै बागमती क्वाटरफाइनलमा प्रवेश गरेको छ भने पराजित पारो प्रतियोगिताबाट बाहिरिएको छ । उक्त खेलको म्यान अफ द म्याज बागमतीका भुसाल घोषित भए । उनले नगद १० हजार र ट्रफि हात प्राप्त गरे ।

उक्त प्रतियोगिताको विजेता र उपविजेता समूहले क्रमशः नगद १५ लाख र १० लाख रुपैयाँ प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात प्राप्त गर्नेछन् ।

यसैगरी, विधागत उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

आगामी माघ २७ गतेसम्म संचालन हुने सो प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । जसमा एक विदेशी क्लब, नेपालमा रहेका ८ वटा ए डिभिजन फुटबल क्लब, आयोजक टोलीसहित मोफसलका तीन समूह गरेका छन् ।

प्रतियोगिताको उद्घाटन कार्यक्रम जिल्ला फुटबल संघ मकवानपुर अध्यक्ष टीकाराम लामाको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाी प्रमुख मीना कुमारी लामाले गरेकी हुन् ।

प्रतियोगिता अन्तरगत आज ‘ए’ डिभिजन टोली एनआरटी र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।