समाचार
वनदेवी मन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रम
हेटौैंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ नागस्वतीमा नवनिर्मित वनदेवी मन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ । गत माघ १२ गतेदेखि ताप्लेजुङ पाथिभरा मन्दिरका मुख्य पुजारीबाट शुभारम्भ भएको प्राण प्रतिष्ठा कार्यक्रम पाथिभरा मन्दिरका मुख्य पुजारीबाटनै पुर्णाहुती साथै जल प्रसाद वितरण गरेर समापन भएको हो । ७ नम्वर वडा...
हेटौंडा कपडा उद्योग पुनः संचालनका लागि छलफल
काठमाडौं । हेटौंडा कपडा उद्योग पुनः संचालनका लागि बुधबार छलफल गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुग्ण अवस्थामा रहेको उक्त उद्योग पुनः संचालनका लागि नेपाली सेनासँग छलफल गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः संचालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययननको बिफ्रिङ लिएका हुन् । नेपाल...
बुधबार शेयर बजार ओरालो लाग्यो
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार ओरालो लागेको छ । तीन दिन निरन्तर हरियाली छाएको बजार आज ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.६७ अकंले घटेर २०९७.९३ बिन्दुमा पुगेर रोकिएको छ । यस्तै, आज ३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार...
जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बा २ च ४४५० नम्बरको जिप दुर्घटना हुँदा भुटानी नागरिक ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङ्मुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा...
मनहरीमा ल्होछारको अवसरमा २ दिने बृहत कार्यक्रम हुने
मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी–२ मा ल्होछारको अवसरमा २ दिने बृहत कार्यक्रम हुने भएको छ । तामाङ समाज मनहरीको आयोजानमा यही फगुन ४ र ५ गते बृहत कार्यक्रम हुने भएको हो । तामाङ समुदयले नयाँ वर्षका रुपमा मनाउने पर्व २८६० डुक ल्हो सोनाम ल्होछारको अवसरमा साँस्कृतिक जगेर्नको लागि...
अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, झापा र सिरहा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१५, बैंक रोड चोकबाट अवैध लागूऔषध खैरो हेरोइन १९ ग्राम ३३ मिलिग्रामसहित मंगलबार सोही महानगरपलिका–१७ बस्ने १९ वर्षीया...
न्यायाधीशको निधनमा शोक बिदा
मकवानपुर । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा शोक बिदा दिइएको छ । बुधवार उच्च अदालत पाटन, हेटौंडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतहरूमा शोक बिदा दिइएको हो । अदालतले एक सार्वजनिक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको मङ्गलबार हृदयघातका...
दुर्घटनामा परेर कांग्रेसका नेता एवम् पूर्व मन्त्री पौडेलको मृत्यु
चितवन । दुर्घटनामा परेर नेपाली काँग्रेसका नेता एवम् बागमती प्रदेशका पूर्व मन्त्री बलराम पौडेलको मृत्यु भएको छ । बुधबार बिहान ग १ ख ८५४७ नम्बरको बसले ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई कालीगण्डकी चोक नजिकै राजमार्गमा ठक्कर दिँदा नेता पौडेलको मृत्यु भएको हो । दुर्घटनामा परेर मोटरसाइकलमा सवार नेता...
हेटौंडामा मानव बेचविखनविरुद्ध अभिमुखीकरण कार्यक्रम
मकवानपुर । मानव बेचविखन तथा ओसारपसार विरुद्धको बागमती प्रदेशस्तरीय संरक्षण नीति २०८० को प्रचार तथा आगामी कार्यदिशा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आज हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रम बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले अष्ट्रेलियन एड, द एसिया फाउण्डेशन र महिला, कानून र विकास मञ्चसँगको सहकार्यमा आयोजना गरेको हो...
वार्षिकोत्सवको अवसरमा सेनेटरी प्याड हस्तान्तरण
मकवानपुर । रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २६ औं स्थापना दिवसको अवसरमा हेटौंडा क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच असल हाइजिन प्रोडक्ट्स प्रालि र निको अस्पताल प्रालिको सहयोगमा हेटौंडा क्याम्पसलाई ३० हजार रुपैयाँ बराबरको सेनेटरी प्याड हस्तान्तरण गरिएको...










