मनहरीमा ल्होछारको अवसरमा २ दिने बृहत कार्यक्रम हुने
मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी–२ मा ल्होछारको अवसरमा २ दिने बृहत कार्यक्रम हुने भएको छ ।
तामाङ समाज मनहरीको आयोजानमा यही फगुन ४ र ५ गते बृहत कार्यक्रम हुने भएको हो ।
तामाङ समुदयले नयाँ वर्षका रुपमा मनाउने पर्व २८६० डुक ल्हो सोनाम ल्होछारको अवसरमा साँस्कृतिक जगेर्नको लागि फागुन ४ गते बौद्ध धर्म गुरुद्वारा प्रवचन पूजापाठ गर्ने र ५ गते राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा तामाङ समुदायको सँस्कार–सँस्कृतिक झल्किने खालको तामाङ सेलो नित्य प्रतियोगिता पनि रहेको हुँदा प्रतियोगितामा भाग लिन समयमा नाम टिपाउन समेत आयोजकले जानकारी गराएको छ ।
सँस्कार सँस्कृति एउटा समुदायको मात्र नभइ पुरै राज्यकै हो भन्ने उद्देश्यले उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सभ्य र भव्य तरिकाले सफल बनाउन आयोजकले सबैलाई आग्रह गरेको छ ।
