बुधबार शेयर बजार ओरालो लाग्यो
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार ओरालो लागेको छ । तीन दिन निरन्तर हरियाली छाएको बजार आज ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.६७ अकंले घटेर २०९७.९३ बिन्दुमा पुगेर रोकिएको छ ।
यस्तै, आज ३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर किनबेच भएको छ भने ५ अर्ब २९ करोड ५६ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ ।
साथै आज १२ उपसूचक राताम्य भएका छन् ।