समाचार
डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको भाउ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको भाउ बढेको जनाएको छ । निगम संचालक समितिको बुधबार साँझ बसेको बैठकले भाउ बढाउने निर्णय गरेको हो । बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले भाउ बढाउने निर्णय गरेको हो । यस्तै,...
रास्वपाले दबाब यात्रा आयोजना गर्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दबाब यात्रा आयोजना गर्दैछ । रास्वपाले यही माघ २१ गतेदेखि विकास आयोजनाहरुमा दबाब यात्रा सुरु गर्ने भएको हो । माघ २१ मा सभापति रवि लामिछानेले मेलम्ची खानेपानीको आयोजनाबाट दबाब यात्राको सुरुवात गर्नेछन् । पहिलो दिनको दबाब यात्रामा सबै सांसद र केन्द्रीय नेताहरु...
जुम्लामा हिउँ पर्यो, किसान खुसी
जुम्ला । जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । यस वर्षको हिउँदेयामको पहिलो हिमपात हो । अहिले हिमपात भइरहेको छ । माघको महिना लाग्दा पनि हिउँ...
तीन संसदीय समितिको बैठक आह्वान
मकवानपुर । आज एकैपटक तीन वटा संसदीय समितिको बैठक आह्वान गरिएको छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आह्वान गरिएको हो । जसअनुसार आज बिहान साढे ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको...
आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न चार प्रदेशमा फाट्टफुट्टदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको हो । यस्तै, आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली...
रडमा छेडिएर एक विद्यार्थीको मृत्यु
वीरगंज । बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मूल गेटमा रहेको पोलको रडमा छेडिएर एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका २१ का ललित गोलेका ११ वर्षीय छोरा लक्की गोले रहेका छन् । विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको रडमा छेडिएर उनको घटनास्थलमै मृत्यु भएको...
माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्ने ३८ वर्षीय प्रकाश गुरुङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दीपक राज कँडेललाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै ६ लाख...
अंगारेश्वर टोल विकास संस्थाको प्रथम वार्षिक साधारण सभा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १७ स्थित अंगारेश्वर टोल विकास संस्थाले प्रथम वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा संस्थाका तदर्थ समितिका अध्यक्ष सिताराम वाइवाकै नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा रमा खड्का, सचिवमा सन्तोषी खड्का, कोषाध्यक्षमा सीता दाहाल,...
अध्यक्ष लामाद्वारा हेटौंडामा दूधका परिकारको बिक्री केन्द्र उद्घाटन
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बुधबार हेटौंडामा दूधका परिकारको बिक्री केन्द्रको उद्घाटन गरेका छन् । मकवानपुरगढीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले खरिद गरेको दूध र दूधबाट बनेका विभिन्न परिकारका बिक्री वितरणका लागि हेटौंडा–२, पुरानो मकवानपुर रोडमा उक्त केन्द्रको उद्घाटन गरिएको हो । सो क्रममा...
मकवानपुरगढीमा पालिका स्तरीय घेदुङ कार्य समिति गठन
मकवानपुर । मकवानपुरगढीमा पालिका स्तरीय नेपाल तामाङ घेदुङ कार्यसमिति गठन गरिएको छ । बुधबार गढी–२ स्थित समामुदायिक भवनमा भएको भेलाबाट ११ सदस्यीय कार्यसमिति गठन गरिएको हो । समितिको अध्यक्षमा सानुकान्छा थिङ, उपाध्यक्षमा बिक्रम योन्जन, सचिवमा यमरत्न भुलुन, सहसचिवमा सोमलाल घलान, कोषाध्यक्षमा एल आर स्याङतान चयन भएका छन् । यसैगरी,...










