माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्ने ३८ वर्षीय प्रकाश गुरुङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दीपक राज कँडेललाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै ६ लाख १८ हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका गुरुङलाई मंगलबार नयाँ बानेश्वरबाट पक्राउ गरेको होे ।
गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
