समाचार
बागमती प्रदेशसभाद्वारा पाँच सांसदलाई प्रशंसापत्र प्रदान
मकवानपुर । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको नियमित बैठकमा सधैँ सहभागी हुने पाँच जना सांसदलाई प्रशंसापत्र प्रदान गरिएको छ । बिहीबार प्रदेशसभाको छैटौं वार्षिक उत्वसको अवसरमा आयोजित एक कार्यक्रममा प्रमुख प्रदेश यादवचन्द्र शर्माले प्रदेशसभाका पाँच जना सदस्यलाई प्रशंसापत्र प्रदान गरेका हुन् । प्रदेश प्रमुख शर्माले प्रदेशसभाका सदस्यहरु क्रमशः मधुसुदन प्रसाद...
बाँसबारी जग्गा प्रकरण: पक्राउ परेका चौधरी र थापा अस्पताल भर्ना
काठमाडौं । सरकारी जग्गा हिनामिना गरेको आरोपमा बिहीबार पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापा (चिरायु) अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएको भन्दै उनीहरुलाई महराजगञ्जस्थित अस्पताल भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ । जिल्ला अदालत, काठमाडौंले उनीहरुलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान...
कांग्रेस संसदीय दलको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने गरी आह्वान गरिएको छ । बैठक दिउँसो २ बजे संघीय संसद् भवनमा बस्ने री आह्वान गरिएको हो । सो बैठकमा आगामी सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने पार्टीका प्रमुख सचेतक रमेश लेखकले बताए । उनका...
मकवानपुरमा सवारी दुर्घटना, एकको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६, सुनादेवी मन्दिर अगाडि पूर्व–पश्चिम सडकखण्डमा बिहीबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख १७९६ न.को ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको बागमती प्र. ०६ ००१ प ४५३७ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको र त्यसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको जनाएको छ । यस्तै, आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ भने कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही...
बाँसबारी जग्गा प्रकरण: पक्राउ पर्नेको संख्या तीन पुग्यो
काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या हालसम्म तीन जना पुगेको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको हो । उनी बाँसबारी छाला जुत्ता कारखानाको संचालक समितिको अध्यक्ष रहेको र जग्गा घोटालामा संलग्नता पाइएपछि पक्राउ गरिएको प्रहरीले...
बागमती प्रदेशसभाको छैटौँ वार्षिकोत्सव मनाइयो
मकवानपुर । बागमती प्रदेशसभाको छैटौं वार्षिकोत्सव मनाइएको छ । प्रदेशको राजधानी हेटौंडामा बिहीबार प्रदेशसभा सचिवालयले एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । कार्यक्रम प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको सभाध्यक्षता एवम् प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यतामा भएको हो । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विशेष आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश...
हेटौंडाबाट गाँजासहित एक पुरुष पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित हेटौंडाबाट बुधबार एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट लागूऔषध गाँजा करिब ५ किलोसहित राक्सिराङ गाउँपालिका–२ बस्ने ४४ वर्षीय जगत बहादुर थोकरलाई पक्राउ गरेको हो । थोकरलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । मे.१ ख ३१७१...
आज नेप्से ३० अंकले घट्यो
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । बुधबारको तुलनामा बिहीबार नेप्से घटेको हो । आज नेप्से ३०.९२ अंकले ओरालो लागेर २०६७.०१ को विन्दुमा पुगेर रोकिएको छ । यस्तै, आज ३०९ सूचीकृत कम्पनीको १ करोड १५ लाख १४ हजार ५ सय...
बिहीबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ फेरी उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, बुधबार प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ५ सय रुपैयाँले बढेकोबढ्दै...









