आज नेप्से ३० अंकले घट्यो

तु खबर संवाददाता
२०८० माघ १८,बिहीबार १६:०६

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ ।

बुधबारको तुलनामा बिहीबार नेप्से घटेको हो । आज नेप्से ३०.९२ अंकले ओरालो लागेर २०६७.०१ को विन्दुमा पुगेर रोकिएको छ ।

यस्तै, आज ३०९ सूचीकृत कम्पनीको १ करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता शेयर खरिदबिक्रि भएको छ भने ४ अर्ब १८ करोडको शेयर कारोबार भएको छ ।

यसअघि बुधबार नेप्से २१.६७ अकंले घटेर २०९७.९३ बिन्दुमा कायम रहेको थियो भने ३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार रुपैयाँको कारोबार भएको थियो ।

आज फाइनान्स बाहेक आज सबै उपसूचक ओरालो लागेको छ ।