समाचार
कांग्रेस संसदीय दलको बैठक जारी
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक हाल जारी छ । शुक्रबार बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बसेको हो । बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने जनाइएको छ । संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि...
मकवानपुरगढीमा सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम हुँदै
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ स्थित कुर्ले दमार चौरमा सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । नेपाल तामाङ घेदुङ मकवानपुर गढीगाउँपालिका समितिको बिहीबार बसेको बैठकले ल्होछार कार्यक्रम गर्ने निर्णय गरेको हो । तामाङ सँस्कार रितिरीवाजको जर्गेना गर्ने उद्देश्यले ल्होछार कार्यक्रमको आयोजना गर्न लागिएको समितिले...
निर्माण व्यवसायीलाई दुई दिने व्यवस्थापन तालिम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा निर्माण व्उवसायीहरुका लागि दुई दिने तालिमको आयोजना गरिएको छ । तालिम नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको हो । तालिम निर्माण व्यवसायी संघ मकवानपुरको संयोजनमा बिहीबारबाट सुरु भएको हो । शुक्रबार सम्पन्न हुने तालिममा निर्माण सम्बन्धी व्यवस्थापनका बारेमा प्रशिक्षण दिइनेछ । तालिममा बीमा,...
प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यले बताए । सो क्रममा उनीहरुबीच सदन सञ्चालन र कानुन निर्माणबारे छलफल भएको बुझिएको छ । संसद्को...
दुई संसदीय समितिको बैठक आह्वान
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक आह्वान गरिएको छ । आज विधायन व्यवस्थापन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आह्वान गरिएको हो । जसअनुसार मध्यान्ह साढे १२ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।सो बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०७९–८० को मस्यौदामाथि छलफल हुनेछ...
माघ २१ गते सार्वजनिक बिदा
मकवानपुर । लुम्बिनी प्रदेशमा यही माघ २१ गते सार्वजनिक बिदा हुने भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले सोही दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । प्रदेश सरकारले राजपत्रमै बिदा दिने निर्णय...
खाना पकाउने क्रममा आगो सल्किएर एक जनाको मृत्यु
बुटवल । दाङमा खाना पकाउने क्रममा कपडाबाट सल्केको आगोले जलेर गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँका ४४ वर्षकी लक्ष्मी चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार, घरमा दाउरा बालेर चुलोमा खाना पकाउने क्रममा कपडाबाट शरीरमा आगो...
आज रास्वपाको संसदीय दलको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको हो । सो बैठकमा हिउँदे अधिवेशनमा पार्टी कसरी संसदमा प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ । साथै बैठकमा...
हेटौंडाबाट एक युवक पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडाबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित बिहीबार बिहान एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१२ बस्ने १९ वर्षीय निशान गोले रहेका छन् । उनलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले...
मकवानपुरको सीमभञ्ज्याङमा हल्का हिमपात
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकास्थित दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा बिहीबार साँझ हल्का हिमपात भएको छ । सीमभञ्ज्याङ क्षेत्रमा साँझदेखि सामान्य हिमपात भएको ईलाका प्रहरी कार्यालय थाहानगरले जनाएको छ । दामन सीमभञ्ज्याङ क्षेत्रमा हिमपात भएपछि स्थानीय किसान, होटल व्यवसायी खुशी भएका छन् । यद्यपी हिमपातका कारण सवारी यातायात अबरुद्ध बनेको...










