निर्माण व्यवसायीलाई दुई दिने व्यवस्थापन तालिम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा निर्माण व्उवसायीहरुका लागि दुई दिने तालिमको आयोजना गरिएको छ । तालिम नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको हो ।
तालिम निर्माण व्यवसायी संघ मकवानपुरको संयोजनमा बिहीबारबाट सुरु भएको हो । शुक्रबार सम्पन्न हुने तालिममा निर्माण सम्बन्धी व्यवस्थापनका बारेमा प्रशिक्षण दिइनेछ ।
तालिममा बीमा, निर्माणको कामको प्रगती, भुक्तानीलगायतका निर्माण व्यवस्थापनका बारेमा ईन्जिनियर घनश्याम गौतमले प्रशिक्षण दिएका छन् ।
तालिममा करिब ६० जना निर्माण व्यवसायीहरुको उपस्थिति रहेको निर्माण व्यवसायी संघ मकवानपुरका महासचिव राजेन्द्रप्रसाद चौलागाईले जानकारी दिए ।
