प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

तु खबर संवाददाता
२०८० माघ १९,शुक्रबार १०:०७
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

उनीहरुबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यले बताए ।

सो क्रममा उनीहरुबीच सदन सञ्चालन र कानुन निर्माणबारे छलफल भएको बुझिएको छ ।

संसद्को हिउँदे अधिवेशन सुरु हुन लागेका बेला दुई नेताबीच भेटवार्तामा भएको हो । यही माघ २२ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।