समाचार
भानु माविको अध्यक्षमा चौलागाईँ सर्वसम्मत
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर–३ मक्रान्चुलीमा रहेको श्री भानु माद्यमिक विद्यालयकोे अध्यक्षमा खिल प्रसाद चौलागाईं चयन भएका छन् । साही विद्यालयका पूर्व शिक्षक तथा पूर्व व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका चौलागाईं सर्वसम्मत रुपमा चुनिएका हुन् । त्यस्तै समितिको सदस्यहरुमा सन्तु थिङ, हेम कुमारी संजेल, लक्ष्मण भट्टराई, दिलिप लोप्चन र...
स्थापना दिवसको अवसरमा ओम बृद्धाश्रमलाई सहयोग
मकवानपुर । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको १६ औं स्थापना दिवसको अवसरमा हेटौंडा–२ मा रहेको ओम बृद्धाश्रमलाई सहयोग गरिएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती मकवानपुरले ओम बृद्धाश्रमलाई नगद १० हजार ५ रुपियाँ सहयोग गरेको हो । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती केन्द्रीय सदस्य बसन्तराज गौतम, जिल्ला अध्यक्ष...
सातामा १७ अंकले घट्यो नेप्से, २६ अर्बको कारोबार
काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १७ अंकले घटेको छ । सुरुवाती तीन कारोबारमा दिनमा बढे पनि अन्तिम दुई दिन खुम्चँदा समग्रमा नेप्से १७ अंकले घटेको हो । यो साता आइतबार, सोमबार र मंगलबार परिसूचक बढेको थियो । तर, बुधवार र बिहीबार परिसूचक घटेसँगै १७ अंकले...
करेन्ट लागेर युवकको मृत्यु
तनहुँ । तनहुँमा शनिबार बिहान करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका वडा नम्वर ६ ओखले बस्ने २८ वर्षीय सन्तोष कुमाल रहेका छन् । प्रहरीका अनुसार, तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं.६ कुम्लेखोलामा कुमाल ओखलेमा डेरा गरी बस्ने २५ वर्षीय सन्तोष डाँगीसँग माछा पार्न...
हेटौंडामा ट्राफिक सचेतना कार्यक्रमको आयोजना
मकवानपुर । मकवानपुरको हेटौंडा–६ चौघडामा शनिबार ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरिएको छ । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस अभियान’ अन्तर्गत तरूण दल हेटौंडा–६ नम्बर वडा इकाईले ‘सवारी दुर्घटना न्यूनीकरणका निम्ति सचेतना कार्यक्रम’ को आयोजना गरेको हो । प्रहरी चौकी चौघडासंगको सहकार्यमा आयोजित सो कार्यक्रममा नेपाली कांग्रेस र तरूण दल सम्बद्ध...
जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भूमिकास्थान–२ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क–८ की अन्दाजी ४७ वर्षीया डेमकला आचार्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखांचीले जनाएको छ । प्रहरीका अनुसार, ढाकाबांगबाट सन्धिखर्क जाँदै गरेको लु १ ज...
निर्मल माविको अभिभावक भेला सम्पन्न
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९, बस्तिपुरस्थित निर्मल माध्यमिक विद्यालयको ४८ औं अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । भेला हेटौंडा–१९ का वडाध्यक्ष नरनाथ सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विद्यालयले अभिभावक भेला, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको विद्यालयका शिक्षक राममणि बर्तौलाले जानकारी दिए...
हेटौंडामा वडास्तरीय खेलकुद प्रतियोगिता हुने
मकवानपुर । मकवानपुरको हेटौंडामा प्रथम वडास्तरीय खेलकुद प्रतियोगिता– २०८० हुने भएको छ । हेटौंडा–४ नम्बर वडाको आयोजना तथा शैक्षिक सुधार समिति ४ नम्बर वडा समितिको व्यवस्थापनमा यही माघ २६ र २७ गते वडास्तरीय खेलकुद प्रतियोगिता हुने भएको हो । हेटौंडाको हुप्राचौरमा हुने उक्त प्रतियोगिताबारे शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष...
अवैध लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, सप्तरी र दाङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट नियन्त्रित लागूऔषध बुप्रेनुर्फिन १ सय ४५ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड १ सय ४५ एम्पुल र डाईजेपाम १ सय ४५ एम्पुलसहित शुक्रबार...
सङ्घीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि
काठमाडौं । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुने भएको छ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान गरेका हुन् । उक्त अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी...










