जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भूमिकास्थान–२ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क–८ की अन्दाजी ४७ वर्षीया डेमकला आचार्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखांचीले जनाएको छ ।
प्रहरीका अनुसार, ढाकाबांगबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १६७९ नम्बरको जीप भिरालो सडकमा रोकेर चालक झरेको बेला दुर्घटना भएको हो । जीप सडकबाट पल्टिएर करिब दुई सय मिटर तल खसेको छ ।
यस्तै, सोही दुर्घटनामा परेर पाणिनी गाउँपालिका पणेनाकी कोपिला खनाल र उनका ८ महिनाको छोरा घाइते भएका छन् । घाइते उनीहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा पुर्याइएको छ ।
