सातामा १७ अंकले घट्यो नेप्से, २६ अर्बको कारोबार

तु खबर संवाददाता
२०८० माघ २०,शनिबार १४:२४

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १७ अंकले घटेको छ । सुरुवाती तीन कारोबारमा दिनमा बढे पनि अन्तिम दुई दिन खुम्चँदा समग्रमा नेप्से १७ अंकले घटेको हो ।

यो साता आइतबार, सोमबार र मंगलबार परिसूचक बढेको थियो । तर, बुधवार र बिहीबार परिसूचक घटेसँगै १७ अंकले ऋणात्मक भएर बन्द भएको हो ।

गत साताको बिहीबार नेप्से परिसूचक २०८४ अंकमा थियो । आइतबार र सोमबार समान १०÷१० अंकले बढेको नेप्से सूचक मंगलबार १४ अंकले बढेको थियो । तर, बुधवार २१ र बिहीबार ३० अंकले घटेर यो साता परिसूचक २०६७ अंकमा आइपुगेको हो ।

यस्तै, यो साता ५ दिन कारोबार भएको नेप्सेमा यो साता २६ अर्ब रुपैयाँको कारोबार भएको छ । गत साता २३ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको थियो ।