निर्मल माविको अभिभावक भेला सम्पन्न

तु खबर संवाददाता
२०८० माघ २०, शनिबार ०९:४३

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९, बस्तिपुरस्थित निर्मल माध्यमिक विद्यालयको ४८ औं अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ ।

भेला हेटौंडा–१९ का वडाध्यक्ष नरनाथ सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विद्यालयले अभिभावक भेला, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको विद्यालयका शिक्षक राममणि बर्तौलाले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका अधिकृत रमेश बिडारीको विशिष्ट आतिथ्यता रहेको भेलामा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका साथै शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

सो क्रममा विद्यालयका प्रधानाध्यापक प्रवोध बिडारीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै, कार्यक्रममा विद्यालयले २०७९ सालमा कक्षा एकदेखि १२ कक्षासम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

यस्तै, कार्यक्रममा जयराम सुवेदीले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।