हेटौंडामा वडास्तरीय खेलकुद प्रतियोगिता हुने

तु खबर संवाददाता
२०८० माघ २०, शनिबार ०९:३५

मकवानपुर । मकवानपुरको हेटौंडामा प्रथम वडास्तरीय खेलकुद प्रतियोगिता– २०८० हुने भएको छ ।

हेटौंडा–४ नम्बर वडाको आयोजना तथा शैक्षिक सुधार समिति ४ नम्बर वडा समितिको व्यवस्थापनमा यही माघ २६ र २७ गते वडास्तरीय खेलकुद प्रतियोगिता हुने भएको हो ।

हेटौंडाको हुप्राचौरमा हुने उक्त प्रतियोगिताबारे शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकबारी गराएका हुन् ।

प्रतियोगितामा ४ नम्बर वडाका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउनेछन् । खेलाडीले माघ २५ गते ३ बजेभित्र वडा कार्यालयमा नाम दर्ता गराउनु पर्नेछ ।

प्रतियोगितामा एथलेटिक्स, रिलेदौड, लङ्गजम्प, टिपल जम्प, सटपुट, भलिबल , फुटबल र क्रिकेट लगायतका खेलहरु हुनेछन् ।

वडाका अध्यक्ष नवीन सिग्देलले विद्यालय स्तरबाटनै खेलाडीहरु उत्पादन गर्नसके मात्र खेलकुदलाई प्रबर्द्धन गर्न सकिने बताए । खेलकुदको अन्तिम दिन उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिने पनि उनले बताए ।