समाचार

कांग्रेसले तोक्यो १० विषयगत समितिको संयोजक

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाका १० वटा विषयगत समितिको संयोजक तोकेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले समितिको संयोजक तोकेको हो । बैठकले अर्थ समितिको संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायण खड्का, उद्योग वाणिज्य तथा श्रम रोजगार उपभोक्ता हितमा रमा कोइराला पौडेल, कानुन...

एमाले संसदीय दलको बैठक आजबाट

काठमाडौं । नेकपा एमाले संदीय दलको बैठक आजबाट सुरु हुँदैछ । पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज र भोलि दुई दिन बस्ने गरी संसदीय दलको बैठक आह्वान गरेको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । बैठक आज दिउँसो १२ बजेबाट संसद् भवनमा बस्ने गरी...

आजको मौसमः केही प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, सुदूर पश्चिम प्रदेशको एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको...

मिडियास्तरीय फुटसल प्रतियोगिताको उपाधी एन्ड्रसले हात पार्यो

मकवानपुर । रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित मिडियास्तरीय फुटसल प्रतियोगिताको उपाधी एन्ड्रस समूहले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा आयोजक रेडियो मकवानपुरलाई २–० गोल अन्तरले पराजित गर्दै एन्ड्रसले उपाधी हात पारेको हो । विजेता टिमलाई आगामी सोमबार सप्ताहव्यापी कार्यक्रम समापनका दिन पुरस्कार वितरण गरिने रेडियो...

हेटौंडा जेसीजद्वारा बालबालिकाहरुलाई न्यानो कपडा वितरण

मकवानपुर । हेटौंडा जेसीजले बागमती गाउँपालिका वडा नम्वर–७ बाख्रेस्थित श्री बाल विकास आधारभूत विद्यालयमा अध्ययनरत ३० जना बालकालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । हेटौंडा जेसीज वर्ष सन् २०२० का अध्यक्ष राजदेव बानियाको स्वर्गीय बुवा विहारीलाल बानियाको स्मृतिमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । बालबालिकाहरुलाई जुत्ता मोजा, ट्रयाक...

मकवानपुरमा झण्डै १६ हजार सवारीसाधन कारबाहीमा

मकवानपुर । मकवानपुरमा पछिल्लो ६ महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने झण्डै १६ हजार सवारीसाधन कारबाहीमा परेको छ । चालु आर्थिक वर्षको गत साउनदेखि पुष महिनासम्मको अवधिमा १५ हजार ८ सय ५९ सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो अवधिमा सबैभन्दा बढी मोटरसाइकल र...

मोटरसाइकल चोरीमा संलग्न व्यक्ति पक्राउ

मोरङ । विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया बस्ने ३५ वर्षीय सिकन्दर मण्डल रहेका छन् । उनलाई बुधबार विराटनगर क्षेत्रबाट मोटरसाइकल चोरी भएको घटनाको जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने...

सभामुख घिमिरेले संसद बैठकअघि सचेतकहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीति दलका सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका छन् । सभामुख घिमिरेले संसद बैठकअघि सचेतकहरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ । संघीय संसदको हिउँदे अधिवेशन यही माघ २२ गतेबाट सुरु हुँदैछ । सभामुखले संसदको अधिवेशन तयारी सम्बन्धमा छलफल...

राष्ट्रियसभाको संसदीय क्यालेन्डर कार्यव्यवस्था परामर्श समितिबाट स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको संसदीय क्यालेन्डर कार्यव्यवस्था परामर्श समितिबाट स्वीकृत भएको छ । आज (शुक्रबार) बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले राष्ट्रिय सभाको आगामी हिउँदे अधिबेशनका लागि २०८० माघ र फागुन महिनाको संभावित कार्यतालिका स्वीकृत गरेको हो । बैठकले संसदको अधिबेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसदलाई पूर्व...

लागूऔषधसहित युवक पक्राउ

काठमाडौं । प्रहरीले भक्तपुरबाट लागूऔषधसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका वडा नम्बर–४ बस्ने समन भेले रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । २४ वर्षीय समनलाई प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट लागूऔषध नुफ्रिन ५ थान,...