लागूऔषधसहित युवक पक्राउ

तु खबर संवाददाता
२०८० माघ १९, शुक्रबार १६:२०
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले भक्तपुरबाट लागूऔषधसहित एक जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका वडा नम्बर–४ बस्ने समन भेले रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

२४ वर्षीय समनलाई प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट लागूऔषध नुफ्रिन ५ थान, डाइजेपाम ४ थान र फेनारगन ३ थान बरामद गरेको छ ।

स्कुटरमा सवार आरोपीलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागुऔषध भेटिएको थियो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।