मकवानपुरमा झण्डै १६ हजार सवारीसाधन कारबाहीमा
मकवानपुर । मकवानपुरमा पछिल्लो ६ महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने झण्डै १६ हजार सवारीसाधन कारबाहीमा परेको छ ।
चालु आर्थिक वर्षको गत साउनदेखि पुष महिनासम्मको अवधिमा १५ हजार ८ सय ५९ सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सो अवधिमा सबैभन्दा बढी मोटरसाइकल र जीप/कार कारबाहीमा परेका छन् । जसमा ३ हजार ४ सय ९४ वटा ट्रक, १ हजार ४० ट्याङ्कर÷ टिपर, ३ हजार ७ सय १७ जिप/कारलाई ट्राफिक प्रहरीले कारबाहीको दायरामा ल्याएको हो ।
यसैगरी, सो अवधिमा ४ हजार ७ सय ५० मोटरसाइकल, २ सय ९४ ट्याक्टर, २ हजार ५ सय ६४ टेम्पो अटो इ–रिक्सा कारबाहीमा परेको हो ।
