मोटरसाइकल चोरीमा संलग्न व्यक्ति पक्राउ

तु खबर संवाददाता
२०८० माघ १९, शुक्रबार १७:१६

मोरङ । विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत अररिया बस्ने ३५ वर्षीय सिकन्दर मण्डल रहेका छन् । उनलाई बुधबार विराटनगर क्षेत्रबाट मोटरसाइकल चोरी भएको घटनाको जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा पक्राउ गरेको हो ।

साथै मोटरसाइकल चोरी गरी नम्बर प्लेट फाली भारततर्फ लैजाने उद्देश्यले विराटनगर महानगरपालिका–१४, स्थित लुकाई राखेको अवस्थामा प्रहरीले २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि चोरी मुद्दामा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।