राष्ट्रियसभाको संसदीय क्यालेन्डर कार्यव्यवस्था परामर्श समितिबाट स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको संसदीय क्यालेन्डर कार्यव्यवस्था परामर्श समितिबाट स्वीकृत भएको छ ।
आज (शुक्रबार) बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले राष्ट्रिय सभाको आगामी हिउँदे अधिबेशनका लागि २०८० माघ र फागुन महिनाको संभावित कार्यतालिका स्वीकृत गरेको हो ।
बैठकले संसदको अधिबेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसदलाई पूर्व जानकारी गराएमा कार्यतालिका बनाउन सहज हुने निष्कर्ष पनि निकालेको छ ।