खाना पकाउने क्रममा आगो सल्किएर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८० माघ १९, शुक्रबार ०९:३८
सांकेतिक तस्वीर

बुटवल । दाङमा खाना पकाउने क्रममा कपडाबाट सल्केको आगोले जलेर गएराति एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँका ४४ वर्षकी लक्ष्मी चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार, घरमा दाउरा बालेर चुलोमा खाना पकाउने क्रममा कपडाबाट शरीरमा आगो सल्किँदा चौधरीको मृत्यु भएको हो ।